भरतपुर मतगणना: देवीलाई झिनो मतान्तरले रेणुले पछ्याईन

चितवन । भरतपुर महानगरपालिका वडा नं १९ को पुनः मतदान भएपछि अहिले मतगणना जारी छ । शुक्रबार पुनः मतदान भएपछि गएराति ११ बजेदेखि जारी मतगणनामा पछिल्लो मत परिणाम अनुसार मेयर पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली र नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालबीचको मतान्तर कम हुँदै गएको छ। वडा नं. १९ को मतगणना सम्पन्न हुँदा रेणुले २२१ मतले पछाडी छिन्। देवीले ४१ हजार नौ सय ४६ ल्याएका छन् भने रेणुले ४१ हजार ७ सय २५ मत प्राप्त गरेकी छिन्।
पहिलो चरणको मतगणनाका क्रममा गएको जेठ १४ गते राति माओवादी प्रतिनिधिले मत्रपत्र च्यातेका थिए । मतपत्र च्यातिएसँगै रोकिएको वडा नं १९ को मतगणना फेरि मतदानपछि सुरु गरिएको हो । मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ ।