केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भरतपुर महानगरको मेयरमा रेणु दाहाल विजयी

सहयात्रा टिभी

चितवन । भरतपुर महानगरपालिका वडा नं १९ मा मेयरमा कांग्रेस-माओवादी केन्द्रकी मेयरको उम्मेदवार रेणु दाहाल विजयी भएकी छिन् । लामो समयको विवाद र चर्चाको शिखरमा रहेको चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट मेयरकी उम्मेदवार रेणु दाहाल निर्वाचित भएकी हुन् । एमालेका देवी ज्ञवाली भन्दा २ सय ३५ मत प्राप्त गरी रेणु मेयरमा निर्वाचित भएकी हुन् ।भरतपुर महानगरपालिकाको वैशाख ३१ गते सम्पन्न पहिलो चरणको मतगणनाका क्रममा गएको जेठ १४ गते राति माओवादी प्रतिनिधिले मत्रपत्र च्यातेका थिए । मतपत्र च्यातिएसँगै रोकिएको वडा नं १९ को शुक्रबार वडा नम्बर १९ मा पुनः भएको मतदान भएपछि मेयरमा माओवादी केन्द्रकी दाहाल विजयी भएकी हुन् । भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदान भएपछि मतगणनास्थललाई सुरक्षित र व्यवस्थितका विच मतगणना गरिएको थियो।

१९ र २० वडाको मतगणना बाँकी हुँदा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली सात सय ८४ मतले अगाडि थिए । भरतपुरको १९ र २० वडाको मतगणनाका क्रममा ज्ञवालीसँगको मतान्तर घटाउँदै अन्तिम समयमा दाहाल विजयी भएकी हुन् । दाहाल दुई सय ३ मत अन्तरले विजयी भएकी हुन् । दाहालले ४३ हजार १ सय २७ मत ल्याएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयरमा समेत कांग्रेस–माओवादी गठबन्धनकै पार्वती शाह निर्वा्चित भएकी छिन् । भरतपुरको मेयरमा विजयी दाहाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुन् ।

 

प्रकाशित : 6 August, 2017

प्रतिक्रिया दिनुहोस्