केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सोमवार २० जिल्लामा सार्वजनिक विदा (विज्ञप्ती सहित)

सहयात्रा टिभी

काठमाडौं । आज सोमबार श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन । तराई क्षेत्रका विभिन्न २० जिल्ला झापा, सुनसरी, सप्तरी, सिरहा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, वारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, दाङ, कञ्चनपुर र उदयपुरमा रक्षाबन्धन मनाउनका लागि सरकारले आज सार्वजनिक विदा दिएको छ ।

आज चन्द्रग्रहण लाग्ने हुँदा प्राय क्षेत्रमा यसअघि नाग पञ्चमीकै दिन रक्षाबन्धन मनाइएको थियो । सोमबार अर्धरात्रिपूर्व खण्डग्रास चन्द्रग्रहण परेकाले नागपञ्चमीकै दिन रक्षाबनधन मनाइएको हो । यसअघि विसं १९६३ र ०८२ तथा ०२८ र ०४७ सालमा पनि नागपञ्चमीका दिन रक्षाबन्धन पर्व मनाइएको थियो ।

सोमबार राति ११ बजेर ७ मिनेटदेखि ग्रहण हुने, राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुने र १ बजेर ४ मिनेट जाँदा मोक्षकाल अर्थात् ग्रहण सकिने हुँदा १ घण्टा ५७ मिनेट नेपालमा ग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

 

प्रकाशित : 7 August, 2017

प्रतिक्रिया दिनुहोस्