केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सोमवार राति चन्द्रग्रहण लाग्ने, दिउँसो २ बजेपछि भोजन निषेध

सहयात्रा टिभी

काठमाडौं । आज सोमबार श्रावण शुक्ल पूर्णिमामा राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज राति ११ बजेर ७ मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । एक बजेर चार मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिनेछ ।

चन्द्रबिम्बको दक्षिण दिशामा मात्रै कालो छायाँ देख्न सकिन्छ । छायाँ आग्नेयकोणबाट प्रवेश गरी नैऋत्यकोणबाट बाहिर निस्कन्छ । शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेककालाई दिउँसो २ बजेर सात मिनेटदेखि भोजन निषेध गरिएको छ । रासस

प्रकाशित : 7 August, 2017

प्रतिक्रिया दिनुहोस्