काठमाडौंका मेयर शाक्यका लागि आयो विलासी गाडी, चुनावका वेला सर्वसाधरणसंग साटेका विकासमूलक काम गर्ने वाचा अधुरै
काठमाडौं । चुनावका वेला यो गर्छु र उ गर्छु भनेर भोट माग्न हिड्दा आम सर्वसाधरणलाई विकासका ठूला ठूला सपना देखाउदै बाचा गर्नेहरुनै जव सत्तामा पुग्छन् अनि बिलासिताको जिवन र सुखभोगमा ति सवै बाचा एकैछिनमा भुलिदिन्छन् । हो काठमाडौं महानगरपालिकाका हालै निर्वाचित मेयर विद्यासुन्दर शाक्यले पदभार ग्रहण गरेपछि उनको पहिलो निर्णयस्वरुप जनप्रतिनिधिका लागि महंगो मोबाइल किन्ने निर्णय गरेर विवादमा आएका थिए । त्यतिमात्रै नभएर फेरि उनले आफ्नै लागि बिलासी गाडी किनेका छन् । मेयर शाक्यले १ करोड २० लाख मूल्य पर्ने टोयोटाको ‘फच्र्यूनर’ गाडी किनेका छन्, जुन गाडी हाल राष्ट्रिय सभागृह परिसरमा त्रिपालले ढाकेर राखिएको छ । जुन गाडी मेयर शाक्यका लागि ल्याईएको महानगर स्रोतले बताएको छ ।
मेयर शाक्यले हाल चढ्ने गाडी पनि महंगै छ । उनले चढ्ने गाडी झण्डै १ करोड बराबरकै छ । तर कन्डिसनमानै रहेको हालको गाडी भन्दा उनलाई अर्को विलासी गाडी चाहिने भएकाले यो गाडी मगाईएको हो स्रोतले भनेको छ । त्यस्तै, उपमेयर हरिप्रभा खड्गीलाई पनि ८० लाखको नयाँ गाडी मगाइएको स्रोतले बताएको छ । महानगर स्रोतका अनुसार झण्डै २ करोड मयेर र उपमेयरकै गाडीका लागि खर्च हुने बताईएको छ ।