केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अव आप्रवासीले पनि कतारमा स्थायी बसोबास गर्न पाउने

सहयात्रा टिभी

एजेन्सी । कतारले आप्रवासीका लागि स्थायी बसोबास गर्न अनुमति दिने नयाँ कानुन ल्याएको छ । छिमेकी देशहरुले कुटनैतिक सम्बन्ध तोडेपछि संकट बढ्दै जान थालेपछि कतारको मन्त्रीपरिषद्ले नयाँ कानुन ल्याएको हो ।

नयाँ कानुन लागू भएसंगै अब दक्ष आप्रवासीलले पनि कतारमा स्थायी रुपमा बसोबास गर्न पाउनेछन् । तर सबै आप्रवासीले भने स्थायी बसोबास गर्न पाउने छैनन् । आप्रवासीलाई कतारमा बस्न प्रोत्साहनस्वरुप यो नीति ल्याइएको हो । यो नियमले आप्रवासीलाई पनि कतारको निजामती सेवा, सैन्य र सम्पत्तिको स्वामित्व लिन पाउने व्यवस्था गरेको छ भने स्थानीयले जस्तै आप्रवासीले पनि शिक्षा र स्वास्थ्य सवैमा समान पहुँच पाउनेछन् ।

प्रकाशित : 7 August, 2017

प्रतिक्रिया दिनुहोस्