केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कलंकीमा बसको ठक्करवाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । काठमाडौंस्थित कलंकीमा बसले मोटरसाईकललाई ठक्कर दिदां एकजनाको मृत्यु भएको छ । मंगलबार बिहान ना ४ ख २७१३ नम्बरको बसले बा ६३ प ३५३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट बेलकोट–६ का मोटरसाइकल चालक अभिषेक घिमिरेको ज्यान गएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका घिमिरेको वीर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित : 8 August, 2017

प्रतिक्रिया दिनुहोस्