केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्वाइन फ्लु को संक्रमण दिनप्रतिदिन बढ्दै, स्वाइन फ्लुकै कारण यो वर्ष १० जनाको ज्यान गयो

सहयात्रा टिभी

काठमाडौं । स्वाइन फ्लुका कारण यो वर्षमा मात्रै १० जनाले ज्यान गुमाइसकेका छन् भने तीन सय ५६ जना बिरामी परेका तथ्यांक सार्वजनिक भएको छ । पछिल्लो तथ्यांकअनुसार, स्वाइन फ्लुका भएर पाल्पा, स्याङ्जा, पोखरा, बुटवल र झापाका मानिसको मृत्यु भईसकेको छ भने यो समस्या त्यस जिल्लामा विकराल बनेको छ । स्वाइन फ्लुका कारण ज्यान गुमाउनेमा ललितपुर छम्पीकी ५२ वर्षीया महिलाको उपचारकै क्रममा ज्यान गयो । ’एच १ एन १ पिडिएम ०९ टाइप ए’ नामको भाइरसका कारण उत्पन्न हुने मौसमी रुघाखोकी (जसलाई स्वाइनफ्लु भन्ने गरिएको छ) बाट ज्यान धेरैको ज्यान गईसकेको छ ।

त्यस्तै मौसमी रुघाखोकीकै कारण बूढानीलकण्ठका २५ वर्षीय युवकको उपचारक्रममा मृत्यु भयो । त्यस्तै गरि, पोखराका ७६ वर्षीय एक पुरुषको उपचारक्रममा त्यस्तै रुघाखोकीले ज्यान गएको चिकित्सकले बताएका छन् । यस्तै, झापाका ४७ वर्षीय पुरुषको पनि त्यस्तै प्रकृतिको रुघाखोकीबाट भारतमा उपचारक्रममा मृत्यु भएको थियो । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने काठमाडौं, ललितपुर र पोखराका ३ जनाको मृत्यु यो रोगबाट भएको पुष्टि गरेको छ । यसरी मृत्यु हुने बिरामी रुघाखोकी लागेको, घाँटी दुखेको र हल्का ज्वरो आइरहेका बेला अस्पताल पुगेका थिए । पछि अस्पताल जान पनि ढिलाई भएका कारण र उनिहरुलाई अन्य रोगपनि संगै भएका कारण झन उक्त भाईरसले चांडो संक्रमण फैलिएको चिकित्सकहरु बताउछन् ।

कस्ता व्यक्तिलाई असर गर्छ ?
चिकित्सकका अनुसार यो रोग सबै मानिसमा देखा पर्न सक्छ । रोगप्रतिरोधात्मक क्षमता बढी छ भने सामान्य औषधिले पनि ठीक हुन सक्छ । तर, उनीहरूमा रुघाखोकीसँगै अन्य कुनै समस्या छ भने गम्भीर असर पर्छ । समयमै उपचार नभए मृत्यु नै हुने गर्छ ।

स्वाइनफ्लुको नाममा आतंक
विश्व स्वास्थ्य संगठनका अनुसार यो रोग सबैभन्दा पहिले सन् २००९ मा मेक्सिकोको बेराक्रुज इलाकाको सुँगुर फार्ममा देखिएको थियो । त्यसैले त्यो बेला यो रोगलाई ’स्वाइन फ्लु’ को नाम दिइएको थियो । विस्तारै यो संसारका धेरै देशमा फैलिएको पाइन्छ । त्यसैकारण संगठनले त्यसलाई ’एच १ एन १ पेन्डेमिक ०९’ नामकरण गरेको छ ।

बच्ने उपाय
– संक्रमितको सम्पर्कबाट बच्ने
– सफा रहने
– मास्क प्रयोग गर्ने
– खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्ने
– हाच्छिउँ गरेपछि साबुनपानीले हातमुख धुने

लक्षण
– रुघाखोकी लाग्नु
– भोक नलाग्नु
– शिथिलता बढ्नु
– हल्का ज्वरो आउनु
– टाउको दुख्नु
– घाँटी दुख्नु,
– वाकवाकी लाग्नु

स्वाइन फ्लु
– कडा रुघाखोकीबाट यो वर्ष १० जनाको मृत्यु, ३५६ बिरामी
– पाल्पा, स्याङ्जा, पोखरा, बुटवल र झापामा समस्या विकराल
– काठमाडौं, ललितपुर र पोखराका तीन जनाको मृत्यु ’कडा रुघाखोकीबाट’ भएको सरकारी दाबी
– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बरुण प्रयोगशाला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय प्रयोगशाला र भरतपुर अस्पतालको प्रयोगशालालाई मात्रै यो रोग जाँच्ने अधिकार

प्रकाशित : 8 August, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्