फेरी के एम सी अस्पतालले लियो बालिकाको ज्यान

सहयात्रा टिभी

काठमाडौं । पछिल्लो समय सामान्य दुखाईका कारण अस्पताल जाने विरामीहरुको चिकित्सकहरुको लापरवाहीका कारण अनाहकमा ज्यान जाने गरेको छ । केहि दिन अघिमात्रै ओम अस्पताल र ग्राण्डी अस्पतालमा पनि चिकित्सकहरुकै लापरवाहीका कारण विरामीको ज्यान गएको घटना सेलाउन नपाउदै फेरी केएमसी अस्पतालमा पनि अर्की बालिकाको ज्यान गएको छ ।

सोलुखुम्बु जिल्ला लिखु पिके गाउँपलिका अन्तरगत पर्ने महेन्द्र बस्नेतको छोरी ९ बर्षको सुनिता बस्नेतको खुट्टा भाचिएर सामान्य उपचारको लागि केएमसी अस्पताल सिनामंगल लगियको र अस्पतालको लापरवाहीका कारण बिरामिको ज्यानै गएको परिवार स्रोतले जनाएको छ ।बालिकालाई आइतबार खुट्टा फ्याक्चर भएर केमसि हस्पिटलको इमर्जेन्सी कक्षमा सामान्य ब्यान्डेज गरि औषधी दिइ डिस्चार्ज गरि पठाएको तर त्यो औषधी खाइसके पछि शरीरभरि एलर्जी आएको हुदा सोमबार बेलुका ५ बजे अस्पताल ल्याइएको थियो ।

सामान्य खुट्टा दुखाईकै कारण केएमसी अस्पतालमा उपचारका लागि लगिएकी सोलुखुम्वुकी ९ बर्षिय बालिकालाई डवल डोज ईन्जेक्सन र  औषधी दिईएकै कारण आज विहान मृत्यु भएको परिवारले जनाएको छ ।

बालिकालाई खुट्टा सुनिएको कारण अस्पताल लगिएको थियो । तर अस्पतालमा लगेपछि शुरुमा एउटा ईन्जेक्सन लगाईयो र पुनः बालिकाले धेरै दुख्यो भनेपछि पुनः अर्को डोजको ईन्जेक्सन लगायो त्यसपछि बालिकाको शरिरभरि डावरहरु आउन थाल्यो अनि बालिकाको ज्यान गयो बालिकाको परिवारले बताएका छन् । यसप्रति सम्वन्धित पक्ष मुखदर्शक बन्दै गएको सर्वसाधरण पिडितको गुनासो छ ।

प्रकाशित : 8 August, 2017

प्रतिक्रिया दिनुहोस्