डा. केसी अनसनमा वसेको १६ औं दिन पूरा, स्वास्थ्य अवस्था कमजोर

सहयात्रा टिभी

काठमाडौं । ११ औं पटक आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसी आज अनसन वसेको १६ दिन पुगेको छ । १६ दिनसम्म आईपुग्दा डा. केसीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर बन्दै गएको डाक्टहरुले जनाएका छन् । डाक्टर केसीको रोग प्रतिरोधात्मक क्षमता अत्यन्तै कमजोर भैसकेको र छातीमा समस्या देखिएको, मुटुको चाल अस्वभाविक रुपमा घटबढ हुने गरेको र शरीरमा नुन तथा चिनीको मात्रा पनि निकै कम भएको उपचारमा संलग्न डाक्टर सन्तोष क्षेत्रीले बताएका छन् ।

उनको उपचारमा संलग्न डाक्टरका अनुसार सुई लगाएको ठाउँमा पनि संक्रमण हुन थालेको र श्वास फेर्न पनि निकै गाह्रो भैरहेको बताएका छन् । माथेमा प्रतिवेदनमा भएका कुरा समेटेर चिकित्सा शिक्षा ऐन ल्याउनुपर्ने मुख्य माग राखेर आमरण अनसनमा बसेका डाक्टर केसीका प्रतिनिधी र सरकारी वार्ता टोलीविच पटक पटक हुदै आएका वार्ता असफल हुदै आएका छन् ।

प्रकाशित : 8 August, 2017

प्रतिक्रिया दिनुहोस्