केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चीनमा शक्तिशाली भूकम्प : १३ जनाको मृत्यु, १ सय ७५ भन्दा वढी घाइते

सहयात्रा टिभी

बेइजिङ । चीनको सिचुवान प्रान्तमा ७ म्याग्निच्युडको भूकम्प जांदा मृत्यु हुनेको संख्या कम्तिमा १३ पुगेको अधिकारीहरूले जनाएका छन् । त्यस्तै १ सय ७५ जना घाइते भएका छन् । मंगलबार साँझ शक्तिशाली भूकम्प गएको चिनियाँ भूकम्प मापन केन्द्र (सिइएनसी) ले जनाएको छ ।

भूकम्पमा परि मृत्यु हुनेमा ६ जना विदेशी पर्यटक रहेको रोयटर्सले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु ३३ दशमलव २ डिग्री उत्तरी अक्षांश र १०३ दशमलव २ डिग्री पूर्वी देशान्तरमा २० किलोमिटर गहिराइमा परेको सिइएनसीले जनाएको छ । हालसम्म ७ सय ७० भन्दा बढी पराकम्पन महशुस भएको अधिकारीहरुले जनाएका छन् ।

सोही ठाउँमा सन् २००८ को मे महिनामा भूकम्प जाँदा ७० हजार मानिसको ज्यान गएको थियो । राष्ट्रपति सी जिनपिङले तत्काल उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिएका छन् ।

प्रकाशित : 9 August, 2017

प्रतिक्रिया दिनुहोस्