केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतीय विदेशमन्त्री स्वराज र राष्ट्रपति भण्डारीबिच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । नेपाल भ्रमणमा रहेकी भारतका विदेशमन्त्री सुष्मा स्वराज र राष्ट्रपति विद्यादेवी भण्डारीविच भेटवार्ता भएको छ । बिम्स्टेकको १५ औँ मन्त्रीस्तरीय बैठकमा सहभागी हुन काठमाडौं आएकी भारतीय विदेशमन्त्री स्वराज र राष्ट्रपतिबिच बिहीबार शिष्टाचार भेट भएको हो ।भेटमा दुई देशबीच रहेको एैतिहासिक तथा मैत्रिपूर्ण सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउने विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

भेटमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय तथा नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी एवं दुवै देशका उच्चपदस्थ व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो । राष्ट्रपति भवन, शीतलनिवासमा भएको भेटमा दुई देशबीच रहेको ऐतिहासिक तथा मैत्रिपूर्ण सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउने विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित : 11 August, 2017

प्रतिक्रिया दिनुहोस्