केपी ओली प्रचण्ड माधव नेपाल एमाले


देशभरका युवा विद्यार्थी संगठनको सर्मथन पशुपति सम्शेर राणालाई, थापालाई समर्थन गर्ने विद्यार्थी संगठन पनि न्युन (विज्ञप्ति सहित)

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले आफुहरुको सर्मथन पशुपतिशमशेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) लाई रहेको जनाएका छन । दुवै संगठनले संयुक्त विज्ञप्ति निकाल्दै आफुहरुको सर्मथन पशुपतिशमशेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) लाई नै भएको बताएका हुन् ।

राप्रपा र राप्रपा नेपालको एकता महाधिवेशमा भएका मुद्दालाई वेवास्ता गरि राप्रपा अध्यक्ष थापाले आफूखुसी पार्टी सञ्चालन गरेको, पार्टी एकताका समयमा भएको सवै भद्र सहमतिहरु पालना नगरेकोमा पार्टीलाई ठुलो नोक्सानी पुगेको जनाउँदै आफुहरुले राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर जवराको नेतृत्वमा ऐक्यवद्धता जनाएको प्रेस विज्ञप्ती मार्फत वताएका हुन् ।

साथै, देशभरका युवा विद्यार्थी संगठनहरुले सम्पूर्ण जिल्ला, क्षेत्र , नगर र गाउँ कार्यसमिति लगायत सम्पूर्णलाई राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको छवि अनुरुप गोलवद्द भई राप्रपा (प्रजातान्त्रिक) लाई सहयोग गर्न अपिल गरेका छन् ।

प्रकाशित : 11 August, 2017

प्रतिक्रिया दिनुहोस्