केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले नेता नेपाल उत्तर कोरिया जाँदै, परराष्ट्र मन्त्रालयको आग्रहको बेवास्ता

सहयात्रा टिभी

काठमाडौं । एमाले नेता एवं पूर्वप्रधामन्त्री माधवकुमार नेपाल शुक्रबार अर्थात आज उत्तर कोरियाको राजधानी प्योङयाङ जादैछन् । नेता नेपाल परराष्ट्र मन्त्रालयको आग्रहको बेवास्ता गर्दै प्योङयाङ जान लागेका हुन् । प्योङयाङमा हुने एक कार्यक्रमको प्रमुख अतिथिका लागि नेता नेपाल त्यसतर्फं जान लागेका हुन् । उनी ’इन्टरनेसनल फेस्टिभल इन प्रेज अफ ग्रेटपर्सन्स अफ माउन्ट पिकेटु’ नामक कार्यक्रममा सहभागी हुन उत्तर कोरिया जान लागेका हुन् ।

नेता नेपाल लगायत सांसदहरू हरिबोल गजुरेल, छाया शर्मा, एकनाथ ढकालसहित प्योङयाङतर्फ जादैछन् । नेता नेपाल आज जाने भएपनि अन्य सांसदहरू भने बिहीबार नै प्योङयाङ प्रस्थान गरिसकेका छन् । उत्तर कोरियाले अमेरिका, दक्षिण कोरिया र जापानमाथि धावा बोलिरहेका बेला संयुक्त राष्ट्रसंघको एक सदस्य मुलुक नेपालका पूर्वप्रधानमन्त्रीको उत्तर कोरिया भ्रमण विवादास्पद बनेको छ । नेता नेपाल भदौ ४ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित : 11 August, 2017

प्रतिक्रिया दिनुहोस्