केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सर्वोच्चको फैसला : चुडामणि शर्मालाई थुनामुक्त गरिदिनु

सहयात्रा टिभी

काठमाडौं । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ ।शर्माको पत्नी कल्पना उप्रेतीले गैर कानूनी रुपमा थुनामा राखेको भन्दै दायर गरेको मुद्दामा शुक्रबार सर्वोच्चले फैसला गरेको हो । सर्वोच्चले शर्मालाई थुनामुक्त गर्न आदेश दिइएको हो। शर्मा थुनामुक्त भएपनि शर्माविरुद्ध लागेको भ्रष्टाचारको मुद्दाको सुनुवाई भने हुने सर्वोच्चले जनाएको छ ।

शर्मालाई कर फस्र्योट आयोगमार्फत गैरकानूनी रुपमा कर मिनाहा गरेको भन्दै जेठ १९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेसंगै उनलाई जेल चलान गरिएको थियो । उनीसहित कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँको माग दाबी गर्दै साउन १ गते मुद्दा दर्ता भएको थियो ।

प्रकाशित : 11 August, 2017

प्रतिक्रिया दिनुहोस्