सुनसरीमा आएको बाढीले हालसम्म ६ जनाको ज्यान लियो : सप्तकोशी नदीका ३४ वटै ढोका खोलियो, आठ स्थानमा उच्च जोखिमको साइरन बज्यो (तस्वीरसहित)

सहयात्रा टिभी

सुनसरी । सुनसरीको इटहरीमा बाढी वस्तीमा पस्दा ६ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण इटहरीको टेङ्ग्रा खोला र बुढी खोलाको पानीको सहज निकास हुन नसकेपछि बाढी बस्तीमा पसेको हो । इलाका प्रहरी कार्यालयका अनुसार ६ जनाको शव भेटिएको जनाएको छ ।

शव भेटिनेमा इटहरी–३ गैरी गाउँका ३० वर्षकी माला साह, उनको छोरी सिठी साह, भोजपुर घोरेटार घर भइ इटहरी–४ बस्ने माला राईका तीन वर्षका छोरा रुपेस राई र ८ वर्षकी रुपसनी राईको ज्यान गएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

 

त्यस्तै, इटहरी–४ आइतबारेका ४० वर्षका ईश्वर सुनुवार र इटहरी–२० तरहरामा नाम खुल्न नसकेका अन्दाजी ७० वर्षका ज्यान गएको प्रहरीले जनाएको छ ।

बाढीले नेपाल टेलीकमको सेवा एवं विद्युत सेवा समेत अबरुद्ध भएकाले सूचना संकलन र उद्धारमा कठिनाइ भएको छ । सडक पुरै बाढीले ढाकोका कारण उद्धारमा कठिनाई भएको ईलाका प्रहरी कार्यलयले जनाएको छ । शुक्रबार रातिको तुलनामा शनिबार बिहान बाढी घटेको छ तर पानी परिरहेकाले खतरा भने टरेको छैन । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढी रहेको छ ।

 

बिहानको मापन अनुसार सप्तकोशी नदीमा प्रतिसेकेण्ड २ लाख ६९ हजार २ सय ५० क्युसेक पानी बहेको कोशी ब्यारेजले जानकारी दिएको छ । सप्तकोशीका ५६ ढोका मध्ये ३४ ढोका खुल्ला गरिएका छन् भने आठ स्थानमा उच्च जोखिमको साइरन पनि वजेको छ ।

 

प्रकाशित : 12 August, 2017

प्रतिक्रिया दिनुहोस्