केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रति केजि रु. २५ रहेको प्याजको मूल्य ८० रुपैया पुग्यो

सहयात्रा टिभी

काठमाडौं । बजारमा प्याजको मूल्यमा भारी बृद्धि आएको छ । मूल्यवृद्धिका कारण प्याजको थोक मूल्य प्रतिकिलो २३ देखि २५ रुपैयाँ रहेकोमा अहिले मूल्य बढेर उपत्यकामा प्रतिकिलो ८० रुपैयाँ पुगेको छ । अफ सिजनका कारण भारतमा प्याजको मूल्यवृद्धि त्यसको असर नेपाली बजारमा परेको व्यवसायीको भनाइ छ । नेपालमा खपत हुने करिब ९८ प्रतिशत प्याज भारतबाटै आयात हुन्छ ।

भारतमा उत्पादित प्याज अविरल वर्षा र बाढीका कारण नष्ट हुँदा माग र आपूर्तिबीच तालमेल मिलेको छैन । यसले मूल्य अकासिएको उनको भनाइ छ । वर्षापछि आएको बाढी र डुबानका कारण प्याजको भण्डारण पनि प्रभावित भएकाले भारतमै मूल्य बढेका कारण नेपालमा पनि त्यसको प्रभाव परेको हो ।

नेपालमा भारतको नासिक, इन्दौर, कानपुर, चण्डीगढ, सिमलालगायत स्थानबाट प्याज आयात हुने गरेको छ । अहिले दैनिक चार ट्रक हाराहारीमा मात्र प्याज काठमाडौं भित्रिने गरेको छ । पहिले दैनिक ३० ट्रकसम्म प्याज आउँथ्यो । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७३÷७४ मा भारत र चीनबाट चार अर्ब २० करोड ९८ लाख रुपैयाँबराबरको १३ करोड एक लाख किलो प्याज आयात भएको थियो । काठमाडौं उपत्यकामा मात्रै दैनिक करिब एक करोड ७० लाख रुपैयाँ बराबरको दुई सय ७० मेट्रिक टन प्याजको खपत हुन्छ ।

 

प्रकाशित : 13 August, 2017

प्रतिक्रिया दिनुहोस्