केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महान्यायाधीवक्ता श्रेष्ठले दिए राजीनामा

सहयात्रा टिभी

काठमाडौं । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । उनको राजीनामा स्वीकृत भइसकेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारले महान्यायाधीवक्तामा नियुक्त गरिएका श्रेष्ठले नयाँ सरकार बनेको करिब दुई महिनापछि मात्र राजीनामा दिएका हुन् । सरकार परिवर्तनसंगै महान्यायाधीवक्ताले राजीनामा बुझाउने प्रचलन नै छ । अब प्रधानमन्त्री देउवालाई नयाँ महान्यायाधीवक्ता नियुक्त गर्ने बाटो खुलेको छ ।

प्रकाशित : 13 August, 2017

प्रतिक्रिया दिनुहोस्