केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बर्दियाको बबई नदीमा आएको बाढीका कारण ११ हजार घरमा क्षति पुग्यो, २ को मृत्यु, हजारौं विस्थापित

सहयात्रा टिभी

बर्दिया । विहिवारदेखि परेको अबिरल वर्षाका कारण देशभरको अधिकांश तराईका जिल्लामा विपद सिर्जना भएको छ । ठूलो मात्रामा जनधनको क्षति भईरहेको छ । बर्दियाको बबई नदीमा पनि ठूलो बाढी आएको छ । बबई नदी र आसपासका खोलामा आएको बाढीका कारण बर्दियामा दुई जनाको ज्यान गएको छ भने एकजना वेपत्ता भएका छन् ।

आइतबार दिउँसो घर फर्कदै गर्दा खोला तर्ने क्रममा ठाकुरबाबा नगरपालिका–५ खुनपुरका ६० वर्षीय गोविन्द थारुको डुबेर ज्यान गएको छ भने घरको भित्ता भत्किँदा ठाकुरबाबा नगरपालिका–२ सतघरुवाकी ७० वर्षीया साउनी थारुको ज्यान गएको प्रहरी चौकी बगनाहाले जनाएको छ ।

बबई नदीको बाढी सदरमुकाम गुलरियामा पसेपछी गुलरीया बजार सहित बालापुर, सूर्यगौडी, इन्द्रपुर, टँडुवा, कोठिया, भादा, खैरापुर, पण्डीतपुरलगायतका गाउँ डुवानमा परेका छन् । सदरमुकाम गुलरीयाको जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यालय परिसर, कृष्णसार संरक्षित क्षेत्र पनि जलमग्न भएको छ । बबई नदी र आसपासका खोलामा आएको बाढीका कारण हजारौँ घरपरीवार विस्थापित भएका छन् ।
बाढीबाट विस्थापित भएकाहरु स्थानीय विद्यालय, संघ संस्थामा आश्रय लिएर बसेका छन् । बाढीमा फसेकाहरुलाई नेपाली सेना, प्रहरी र स्थानीयबासीले उद्धार गरेर सुरक्षित स्थानमा लगेका थिए । आइतबार बिहान बबई नदीको सतह ह्वातै बढेर १० मिटर पुगेको थियो ।

प्रकाशित : 13 August, 2017

प्रतिक्रिया दिनुहोस्