केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आईतवारदेखि मंगलबारसम्म टेलिकमको एसएमएस सेवा निःशुल्क, दुरुपयोग नगर्न आमसर्वसाधरणमा टेलिकमको अपिल

सहयात्रा टिभी

काठमाडौं । नेपाल टेलिकमले यसअघि भुकम्पका वेला आम नेपाली जनतालाई टेलिफोन सेवा दिएर ठूलो गुन लगाएको सायदै नेपाली जनताले भुलेका होलान् । यतिवेला देशभर बाढी र पहिरोका कारण विपत्ती सिर्जना भएको छ । यसर्थ, नेपाल टेलिकमले आफ्नो नेटवर्कमा हुने एसएमएस सेवा निःशुल्क गरेको छ ।

तराईका अधिकांश जिल्लामा बाढी पहिरोले सञ्चार सम्बन्धमा असजता आएपछि टेलिकमले एसएमएस सेवा निःशुल्क प्रदान गर्ने निर्णय गरेको हो । अब देशभर म्यासेज पठाउँदा कुनै शुल्क नलाग्ने टेलिकमले जनाएको छ । आइतबारदेखि लागू भएको यो ब्यवस्था ३१ गते मंगलबारसम्म कायम रहने टेलिकमले जनाएको छ । नेपाल टेलिकमका प्रयोगकर्ताले मात्रै टेलिकमकै मोबाइलमा एसएमएस सुविधा प्राप्त गर्ने टेलिकमले जनाएको छ । यसको दुरुपयोग नगर्न पनि टेलिकमले सवैमा अपिल गरेको छ । बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सूचना आदान प्रदान गर्न सहज होस् भनेर यो निर्णय गरीएको नेपाल टेलिकमका प्रवन्ध निर्देशक कामीनी राज भण्डारीले बताएकी छन् ।

प्रकाशित : 13 August, 2017

प्रतिक्रिया दिनुहोस्