केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मन्त्रिपरिषद् निर्णयः बाढीमा ज्यान गुमाउने मृतकका परिवारलाई दुई लाख दिने, सवै मन्त्रीको एक महिनाको तलब पनि प्रदान गरिने

सहयात्रा टिभी

काठमाडौं । मन्त्रिपरिषद बैठकले बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई दुई लाख दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको आईतवार साँझ वसेको बैठकले बाढीपहिरोमा परी मृत्यु भएकाको परिवारलाई दुई लाख दिने निर्णय गरेको हो । त्यस्तै, बैठकले सबै मन्त्रीको एक महिनाको तलब बाढीपीडितलाई दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यलयका अनुसार बाढीका कारण डुबान प्रभावित तराई क्षेत्रको भ्रमणमा प्रधानमन्त्री शेर बहादुर देउवा मंगलबार त्यसतर्फ पुगी अनुगमन गर्ने जनाएको छ ।

प्रकाशित : 13 August, 2017

प्रतिक्रिया दिनुहोस्