केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मनसुन सक्रिय पारेको प्रणाली कमजोर : सोमवारदेखि ठूलो पानी नपर्ने मौसमविद

सहयात्रा टिभी

काठमाडौं । केहि दिनदेखि लगातार परिरहेको वर्षापछि आएको वाढीका कारण देशभरको जनजिवन अस्तव्यस्त भएको छ । लगातार परिरहेको मुसलधारे पानी अव आज सोमबारदेखि कम हुदै जाने मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय पारेको प्रणाली कमजोर बनेकाले तत्काल बाढी आउने गरी ठूलो पानी नपर्ने मौसमविदको भनाई छ । विहिवारदेखि निरन्तर परेको पानीले नदीको वहाव बढेर बस्तीमा पसेर जनजिवन अस्तव्यस्त बनिरहेका वेला अवको केहि दिनमा पानी कम हुदै जाने मौसमविदको भनाईले केहि राहत भएको महसुस सवैले गर्न थालेका छन् ।

यतिबेला चितवनको माडी, नवलपरासी र बर्दियामा पानी परिरहेको छ । मध्य र पश्चिमका केही ठाउँमा सोमबार पानी पर्ने पूर्वानुमान छ । पूर्वमा भने विस्तारै अब कम पानी पर्ने मौसमविद्ले बताएका छन् । यसैबिच बाढी पूर्वानुमान शाखाले बिजुली बत्ती अबरुद्ध भएकाले बाढीको सूचना प्रभावकारी बन्न नसकेको जनाएको छ । मोबाइलमा एसएमएस पठाए पनि बिजुली बत्ती नहुँदा त्यो जानकारी प्रभावितसम्म नपुग्ने भएकाले बाढीको पछिल्लो जानकारी थाहा पाउनका लागि समाचार सुन्न आग्रह गरिएको छ ।

प्रकाशित : 14 August, 2017

प्रतिक्रिया दिनुहोस्