केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा, बाढी पीडितलाई सम्बोधन गर्ने

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी प्रभावित क्षेत्रको सोमबार अवलोकन गर्न बाढी प्रभावित जिल्लामा पुगेका छन् । प्रधानमन्त्री देउवासँगै गृहमन्त्री, रक्षामन्त्री र सुरक्षा अंगका प्रमुखहरु काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरबाट बाढी प्रभावित क्षेत्रमा अवलोकनका लागी गएका हुन् ।

प्रधानमन्त्री देउवा सहित गृह मन्त्री र रक्षा मन्त्री लगायत सुरक्षा अंगका प्रमुखहरुले पूर्वका रौतहट, सुनसरी, विराटनगर लगायत जिल्लाको अवलोकन गरेका छन् । प्रधानमन्त्री देउवाले सुनसरीका बाढी पीडितलाई सम्बोधन गर्ने कार्यक्रम पनि राखिएको छ । तराईका जिल्लमा बाढी र पहाडी जिल्लामा पहिरोका कारण २६ जिल्ला प्रभावित छन् । बाढी र पहिरो प्रभावित जिल्लामा गृह मन्त्रालयको हालसम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

प्रकाशित : 14 August, 2017

प्रतिक्रिया दिनुहोस्