केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानीय विरामी पर्ने थाले, झाडापखाला र टाइफाइडजस्ता संक्रमण फैलियो

सहयात्रा टिभी

बर्दिबास । गत विहिवारदेखि परेको मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीले तराईका विभिन्न जिल्लामा ठूलो क्षति पुर्याएको छ । बाढीसंगै महामारी फैलिन थालेको छ । बाढी प्रभावित क्षेत्र महोत्तरीमा ४० हजार घरमा २ लाख गाउँका स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् ।

बाढीको कटान र डुबानमा परेका महोत्तरीका झन्डै ३७ गाउँमा झाडापखाला, टाइफाइड, ज्वरो, रुघाखोकी, श्वासप्रश्वास, जिउ चिलाउने रोग फैलिएको स्थानीयवासीले बताएका छन् । बाढी प्रभावित जिल्लाका अधिकांश ग्रामीण तथा शहरी क्षेत्रमा विभिन्न किसिमका उक्त रोगको प्रकोप फैलिएको हो । विभिन्‍न रोग फैलिएका ती गाउँका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी पनि नभएको र औषधि समेत अभाव रहेको स्थानियले बताएका छन् ।

 

प्रकाशित : 15 August, 2017

प्रतिक्रिया दिनुहोस्