केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल-चीन वार्ता सकारात्मकः छिट्टै ठूलो मात्रामा चिनियाँ लगानी भित्रिने निश्चित

सहयात्रा टिभी

काठमाडौ । काठमाडौं आएको चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोली र नेपाल सरकारविच भएको द्वीपक्षीय भेटवार्तालाई निकै महत्वका साथ हेरिएको छ । चीनका उपप्रधानमन्त्री वाङ याङले नेपाली नेताहरुलाई चिनियाँ राष्ट्रपति सी जिनपिङको सन्देश सुनाउदै याङले चीनियाँ राष्ट्रपतिको सन्देश बोकेर आफू नेपाल आएको बताउँदै नेपालको पूर्वाधार विकास, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा चीन लगानी गर्न इच्छुक रहेको बताए । द्वीपक्षीय वार्तापछि तीनवटा सम्झौता र समझदारी भएका छन् । तिनको कार्यान्वयनका लागि उक्त रकम चीनले लगानी गर्ने भएको छ ।

०७२ को महाभूकम्पपछि पूर्ण रुपमा बन्द रहेको तातोपानी नाका निकट भविष्यमै सञ्चालनमा आउने वुझिएको र चिनियाँ पक्षसँग भएका तीन सम्झौतामध्ये पहिलो सम्झौता अरनिको राजमार्गको स्तरोन्नति तथा तातोपानी र रसुवागढीका मितेरी पुल निर्माण हुने निश्चित भएको छ । तीन परियोजनाका लागि १५ अर्ब २५ करोड रुपैयाँ चिनियाँ अनुदान आउने र करिब साढे १४ अर्ब रुपैयाँ अरनिको राजमार्ग स्तरोन्नतीका लागि खर्च हुने स्रोतले बताएको छ ।

द्वीपक्षीय वार्तामा याङले वान बेल्ट वान रोड (ओबिओआर) लगायत पछिल्लो समय नेपाल र चीनबीच भएका सम्झौताहरुले नेपाल–चीन सम्बन्धलाई थप उचाई दिएको बताउँदै नेपालको चासोंप्रति चीन सधैं सकारात्मक रहेको जानकारी दिएका छन् । चीन र नेपालबीच ओबिओआर मा भएको हस्ताक्षर महत्वपूर्ण रहेको बताउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्र चीन र भारत दुवै छिमेकीसँग सन्तुलित र समदुरीको सम्बन्ध राख्न चाहेको बताएका थिए ।

 

प्रकाशित : 15 August, 2017

प्रतिक्रिया दिनुहोस्