केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाजेलाई बचाउन गएका दुई नातिलाई पनि पहिरोले लग्यो, तिनै जनाको एउटै चितामा दाहसंस्कार

सहयात्रा टिभी

सुर्खेत । बाढी र पहिरोले गर्दा धेरैको परिवार छिन्न भिन्न भएको छ । कतिको काख खोसिएको छ भने धेरैको परिवार विस्थापित भएको छ । यस्तै पहिरोमा परि एउटै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजे र दुई नाती रहेका छन् । सुर्खेत गुर्भाकोट नगरपालिकाका ३ जना वाजे र नाती तिनै जनाका लागि एउटै चिता बन्यो । उनिहरु बाचुन्जृल पनि निकै रमाईलो गर्थे एक आपसमा बाजे र नातीहरु । मध्यरातमा पहिरोले घर बगाउँदा ज्यान गुमाएका सुर्खेत गुर्भाकोट नगरपालिकाका तीन बाजेनातिको सोमबार एउटै चितामा दाहसंस्कार गरिएको छ ।स्थानीय सिन्दुरेखोला गाउँमा पहिरोमा पुरिएर ज्यान गुमाएका ८३ वर्षीय गुमानसिं बुढा र उनका नाति १४ वर्षीय विक्रम र १२ वर्षका शरण बुढाको एउटै चितामा अन्तिम संस्कार गरिएको हो ।

पहिरोले घर बगाउन थालेपछि दुई नाती विक्रम र शरण आमासँगै घरबाहिर भागेका थिए । तर, ८३ वर्षीय बाजे गुमानसिं घरभित्रै थिए । फेरि घरभित्र नछिरेको भए विक्रम र शरण बच्थे । तर, उनीहरूले बाजेलाई एक्लै छाड्न मानेनन् । पहिरोले घर नै बगाउन लाग्दासमेत बाजेलाई बचाउन भन्दै दुवै भाइ घरभित्र पसे । बाजेलाई बाहिर निकाल्न गएका उनीहरू बाहिर निस्कन भ्याएनन् । बाजेको मायाले घरभित्र पसेका उनीहरूको प्राण बाजेसँगै त्यागे, अन्तत बाजेसंगै उनिहरुको चिता पनि एउटै बन्यो ।

 

प्रकाशित : 16 August, 2017

प्रतिक्रिया दिनुहोस्