केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भाद्र सक्रान्तीका दिन सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

सहयात्रा टिभी

कैलाली । भाद्र कृष्णपञ्चमी अर्थात भाद्र सक्रान्ती सुदूरपश्चिममा आज धुमधामका साथ ओल्के पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र सक्रान्तीका दिन सुदूरपश्चिमका जिल्लाहरूमा ओल्के पर्व मनाईने परम्परा रहेको छ । ओल्के भन्नाले सौगात उपहार वा कोसेली भन्ने बुझिन्छ । वर्षा ऋतुसँगै नवजीवन प्राप्तिको उत्सवको रुपमा ओल्के पर्व मनाइन्छ । यसै परम्परा अनुसार आज बिहानै नुहाईधुवाई गरी विभिन्न परिकार बनाएर खुवाउने र आफन्तलाई ओल्को अर्थात उपहार दिने गरिन्छ ।

ओल्के पर्वलाई विभिन्न किसिमले मनाए पनि यसको मुल सन्देश भनेको आपसी मित्रताको गाँठो बलियो पार्नु रहेको उनिहरुको वुझाई रहेको छ ।

प्रकाशित : 17 August, 2017

प्रतिक्रिया दिनुहोस्