केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रदेश र संघीय निर्वाचन दुई चरणमा हुने, भदौ १५ भित्र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पाउनुपर्ने आयोगको माग

सहयात्रा टिभी

काठमाडौं । प्रमुख तीन दल र निर्वाचन आयोगका पदाधिकारीविच भएको वार्तामा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक दुई चरणमा गर्ने सहमती भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको कांग्रेस, माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी एमाले र आयोगका पदाधिकारीबीचको बैठकवाट यस्तो निष्कर्ष आएको हो ।

निर्वाचन आयोगले एकै दिन दुवै तहको निर्वाचन गराउन भदौ ५ गतेभित्र प्रदेशसभा र प्रतिनिधिसभासम्बन्धी कानुन पारित गर्नुपर्ने र भदौ १५ गतेभित्र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पाउनुपर्ने सर्त राखेको छ ।

 

 

प्रकाशित : 18 August, 2017

प्रतिक्रिया दिनुहोस्