केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नयाँ शक्तिबाट साधरण सदस्यता समेत नरहने गरि देवेन्द्र पौडेलसहित १५ जना नेता निष्काशित (विज्ञप्ती सहित)

सहयात्रा टिभी

काठमाडौं । नयाँ शक्ति पार्टीले १५ जना नेतालाई पार्टीवाट निष्काशन गरेको छ । नयाँ शक्ति पार्टी नेपालका संघीय परिषद् सदस्य देवेन्द्र पौडेलसहित १५ नेतालाई साधारण सदस्य समेत नरहने गरी पार्टीले कारबाही गरेको हो ।

उनीहरुले पार्टी नीति र विचार विपरित काम गर्दै आएको र पटक–पटक सचेत गराउँदा पनि पार्टी विरोधी गतिविधि गरेकाले निष्काशन गरिएको नयाँ शक्तिले विज्ञप्ती जारी गरि उल्लेख छ ।

प्रकाशित : 18 August, 2017

प्रतिक्रिया दिनुहोस्