केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रमुख दलका शीर्ष नेता र राष्ट्रपति भण्डारीबीच छलफल

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार राष्ट्रपति र सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताविच भेटवार्ता भएको छ । राष्ट्रपति र प्रमुख दलविचसँगको छलफलमा राष्ट्रपति भण्डारीले तराईर मधेशका डुबान, पहिरो, व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा प्रमुख तीनदलका शीर्ष नेतालाई ध्यानाकर्षण गराएकी हुन् । राष्ट्रपति भण्डारीले डुबान तथा पहिरो क्षेत्रमा खोज, उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिन, पीडितलाई स्थायी आवासको प्रबन्ध मिलाउन, ती क्षेत्रमा रोगको संक्रमण फैलिन नदिन र क्षतिको उचित मूल्यांकन गर्दै पुनःस्थापनाका कार्यक्रम शीघ्र सञ्चालनमा ल्याउन सत्ता साझेदार प्रमुख दुई दल तथा प्रमुख प्रतिपक्षीदलका शीर्ष नेतालाई सामूहिक रुपमा आग्रह गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले शीर्ष नेतासँगको बैठकमा उनले भनिन्, ‘वर्षेनी उत्पन्न हुने बाढीपहिरोजस्ता प्राकृतिक विपद्लाई न्यूनीकरण गर्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनालाई प्रभावकारी कार्यान्वयनमा ल्याउनका लागी बैठकमा उपस्थित दलहरु समक्ष आग्रह गरिन् । छलफलमा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतमको सहभागिता रहेको थियो ।

तराई-मधेशका डुबानका कारण हालसम्म १३५ जनाको मृत्यु भइसकेको छ भने हजारौँ घर डुबानमा परेका छन् । त्यस्तै ती क्षेत्रका ८० प्रतिशत -भूभाग जलमग्न भएका छन् । सरकारले बाढीपहिरोको खोज, उद्धार तथा राहत वितरण कार्यलाई उच्च प्राथमिकता दिँदै तत्काल बाढीका कारण मृत्यु भएका परिवारलाई प्रतिपरिवार रु दुईलाख, विपन्न परिवारलाई रु १५ हजार तथा दैनिक खानाका लागि ७० रुपैयाँ वितरण कार्य जारी राखेको जनाएको छ ।

प्रकाशित : 19 August, 2017

प्रतिक्रिया दिनुहोस्