केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विराटनगर विमानस्थलमा पुनः समस्या, यति एयरलाइन्सको विमान आवतरण हुन नसकेपछि भद्रपुरमा गराईयो अवतरण

सहयात्रा टिभी

विराटनगर । बाढीका कारण क्षति पुगेर एक हप्तासम्म अवरुद्ध भएको विराटनगर विमानस्थलमा दिउसोको समयमा हिजोदेखि उडान गर्न सुरु गरिएपनि आज पुनः पानी परेका कारण जहाज अवतरण हुन सकेन । आज दिउसो यति एयरलाइन्सको विमान विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेर भद्रपुर विमानस्थल पुगेको हो ।

आज दिउसो एक्कासी पानी परेपछि भिजिबिलिटी नपुगेर आकाशमा ५ मिनेट होल्ड गरेर भद्रपुर पठाइएको हो । विमान अवतरणको लागि आवश्यक पर्ने ५ किलोमिटर भिएफआर नभएपछि जहाज अवतरणमा समस्या आएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

 

प्रकाशित : 19 August, 2017

प्रतिक्रिया दिनुहोस्