केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१३ वर्षअघि हराएको हिराको औंठी भेटिएपछि

सहयात्रा टिभी

आफूलाई औधी मन परेको र वर्षौअघि हराएको कुनै बहुमुल्य चिज अनौठो र अपत्यारिलो तरिकाले भेटियो भने कस्तो महसुस हुन्छहोला । यो प्रश्नको जवाफ क्यानडाकी मैरी ग्राम्स भन्दा बढि कसलाई थाहा होला र ? क्यानडाको अल्बर्टामा बसोबास गर्ने मैरी ग्राम्सले १३ वर्षअघि आफ्नो बगैचामा हिराको एक औंठी हराएकी थिइन् । सन् २००४ मा उनको औठी हराएको थियो उनि अहिले ८४ वर्षकी भइन् ।

समय वितेसगै उनले त्यो औठी पाउने सपनामा समेत सोचेकी थिइनन् । सायद उनले त्यो औंठी पाउने आशा समेत मारिसकेकी थिइन् । तर, गत सोमवार उनको त्यो औंठी उनकै बगैचामा एक गाजरको साथमा भेटियो । सायद भाग्य नै भन्नु पर्ला, औंठी हराएको कुरा छोरालाई मात्र भनेकी ग्राम्सको मुहारमा भेटिएको घटनाले पुन खुशी छायो । गाली खाने भयले उनले हराएको कुरा आफ्ना पतिलाई पनि भनेकि थिइनन् ।

कसरी भेटियो त औंठी ?
सोमवार मैरीको बुहारीले आफ्नो बारीबाट गाजर खानका लागी टिपेर ल्याउदा त्यो रहस्यको पर्दा उठेको हो । वर्षौसम्म माटोमा गाडिएर बसेको त्यो औंठीको विचबाट गाजर फलेको थियो । मैरीले औंठी हराएको कुरा लुकाउन बजारबाट त्यस्तै देखिने सस्तो औंठी किनेर लगाएकी थिइन् । उनकी बुहारी कालिन डेली अहिले मैरी बस्ने फर्ममा बस्दै आएकी छन् । जहा उनकी सासु औंठी हराउदाको समयमा बसोबास गर्थिन ।

कालिनलाई सोमवार गाजर खान मन लागेर बारीबाट गाजर टिपेर ल्याइन् । पहिले त माटोसगै गाजर रहेकाले उनले त्यो औठी देखिनन् । तर, जब उनले गाजर पाखालिन, तब उनले त्यो औठी देखिन ।
औंठी पाएपछि मैरीले अब भने होसियार भएर औठी लगाउन थालेको प्रतिक्रिया दिइन् । यदि म बाहिर गए भने सबैभन्दा पहिला त यो औंठीलाई सुरक्षित ठाउमा राख्छु, जुन मैले पहिलादेखी नै गर्नुपथ्र्यो ।

हुनत हराएको औंठी भेटिएको यो पहिलो पटक भने होइन् । यसअघि सन् २०११ मा स्विडेनमा पनि यस्तै खाले घटना भएको थियो । जहा एक महिलाले १६ वर्षअघि विवाहमा लगाउदा हराएको औठी भेटिएको थियो ।
(एजेन्सीको सहयोगमा)

प्रकाशित : 20 August, 2017

प्रतिक्रिया दिनुहोस्