केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डा. केसीद्धारा सरकारले आफ्नो मागको वेवास्ता गरेको आरोप : नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन तत्काल खारेज नगरे पुनः अनसन बस्ने चेतावनी

सहयात्रा टिभी

काठमाडौं । डा. गोविन्द केसीले आफूले राखेको मागको सहमति वमोजिम सरकारले काम नगरेको हुदाँ पुनः अनसन वस्ने चतावनी दिएका छन् । सरकारले काठमाडौं नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज नगरे फेरि अनसन बस्ने डा. केसील चेतावनी दिएका हुन् । त्रिभुवन विश्वविद्यालयले कसैलाई थाहै नदिई नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएको खुलेपछि डा. केसीले आइतबार विज्ञप्ती निकालेर फेरि अनसन बस्ने चेतावनी दिएका हुन् ।

केसीले ११ औं अनसन बसिरहेका बेला त्रिविले सर्वोच्चको आदेश देखाउँदै नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिइएको थियो । डा. केसीले त्रिभुवन विश्वविद्यालयले आइओएमको अधिकार फिर्ता गर्नुपर्ने र माथेमा कार्यदलको सुझाव अनुसार नै चिकित्सा शिक्षा ऐन संसदबाट तत्काल पारित गर्नु पर्ने माग पनि राख्दै आएका छन् ।

प्रकाशित : 20 August, 2017

प्रतिक्रिया दिनुहोस्