केपी ओली प्रचण्ड माधव नेपाल एमाले


देउवा नेतृत्वको सरकारमा पुनः मन्त्रीमण्डल गठन, ८ राज्यमन्त्री सहित ३१ सदस्यीय मन्त्रिमण्डल विस्तार

सहयात्रा टिभी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिमण्डल विस्तार गरेका छन्। उनले मन्त्रिमण्डलमा आठ जना राज्यमन्त्री थपेका हुन्। प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल अब ३१ सदस्यीय भएको छ। मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री, १९ मन्त्री र आठ राज्यमन्त्री रहेका छन्। मोहम्मद जाकिर हुसेन (महिला, बालिकालिका तथा समाज कल्याण), रामसिंह यादव (स्वास्थ्य), श्यामकुमार श्रेष्ठ (गृह), शम्भुलाल श्रेष्ठ (ऊर्जा), कर्णबहादुर विक (आपूर्ति), छमबहादुर गुरुङ (सहरी विकास), गोमा कुँवर (पशुपक्षी विकास) र ओङ्दी शेर्पाले (सामान्य प्रशासन) राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्। उनीहरु सबै नेकपा माओवादी केन्द्रको तर्फबाट सिफारिस भएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार अपराह्न आयोजित समारोहमा प्रधानमन्त्री देउवाले राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराएका छन्। सपथपछि नवनियुक्त राज्यमन्त्रीलाई माला र खादालगाएर प्रधानमन्त्री देउवाले स्वागत अभिवादन गरेका थिए। रासस

प्रकाशित : 20 August, 2017

प्रतिक्रिया दिनुहोस्