केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सोमवार कुशे औंसी, बाबुको मुख हेर्ने दिन

सहयात्रा टिभी

काठमाडौं । सनातन हिन्दू धर्मावलम्बीहरूको पवित्र वनस्पति कुशलाई घरघरमा भित्र्याउने दिनका रूपमा आज कुशे औँसी (वावुको मुखहेर्ने) पर्व धुमधामका साथ मनाइँदै छ । वावुको मुख हेर्ने दिनका नामले प्रख्यात यो दिनलाई गोकर्णे औंसी पनि भनिन्छ । वावु नहुनेहरु आज गोकर्णेश्वर गई विशेष आफ्ना वावुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्ने हुनाले पनि आजको औँसीलाई ‘गोकर्णे औँसी’ पनि भनिन्छ ।

प्रत्येक वर्षको भाद्रकृष्ण औँसीका दिन पर्ने यो दिन घरघरमा कुश भित्र्याउने र विभिन्न परिकार खुवाएर बाबुको मुख हेर्ने प्रचलन रहेको छ । ‘कुश’ देवकार्य तथा पितृकार्य दुवैमा प्रयोग गरिने पवित्र वनस्पति हो । कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पूजा गरिन्छ । आज हिन्दुहरुले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउँदैछन् ।

हरेक वर्षको भाद्र कृष्ण औंसीका दिन ब्राह्मणद्वारा विधिपूर्वक कुश काट्ने गरिन्छ । विशेष गरी धार्मिक तथा पितृकार्य गर्दा कुशको औंठी, ब्राह्मण, मोटक, पवित्र, कुशको टुक्रा आदि प्रयोग गर्ने गरिन्छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

प्रकाशित : 21 August, 2017

प्रतिक्रिया दिनुहोस्