केपी ओली प्रचण्ड माधव नेपाल एमाले


३० किलो चरेससहित तीन महिला र १ पुरुष गरि ४ जना पक्राउ

सहयात्रा टिभी

नेपालगन्ज । नेपालगन्जमा ठूलो परिमाणमा चरेससहित तीन जना पक्राउ परेका छन् । उनिहरुलाई नेपालगन्जको विभिन्न ठाउवाट चरेससहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तीन महिला र १ पुरुष रहेका छन् । नेपालगन्जको सल्यानी बगियास्थित एक घरमा चरेस विक्री भईरहेको सूचना पाएको प्रहरीले सोमबार राति चरेस कारोबारीलाई रंगेहात पक्राउ गरेको जनाएको छ ।

चरेसको कारोबारबारे सूचना पाएको प्रहरीले सादा पोशाकमा खरिदकर्ता बनेर चरेसको कारोबार गर्ने गिरोहका सदस्यहरुलाई पक्राउ गर्न सफल भएको हो । उनिहरुको साथवाट ११ केजी चरेससहित सोमबहादुर पुन पक्राउ परेका छन् । पुनको बयानको आधारमा प्रहरीले नेपालगन्जको रामनगरस्थित एक घरमा पनि छापा मार्दा रामनगरस्थित एक घरमा भाडामा बस्दै आएका दुई महिलाको साथबाट पनि प्रहरीले १९ केजी चरेस बरामद ग‍रेको जनाएको छ । प्रहरीले रामनगरबाट रुकुम स्थायी घर भएकी ४५ बर्षीया दीप कुमारी पुन र सुर्खेत डाँडाखालीकी ४० बर्षीया प्रेमा चन्दलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 22 August, 2017

प्रतिक्रिया दिनुहोस्