केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पत्रकार महासंघको नतिजा : गोविन्द आचार्यको प्यानल नै निर्वाचित

सहयात्रा टिभी

काठमाडौं । नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य नेतृत्वको प्यानल सहित निर्वाचित भएको छ । प्रेस युनियनसहितका साना दल निकट पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वाचित आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई झण्डै एक सय मत अन्तरले हराएका हुन् ।

खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् भने महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भएका छन् ।

प्रकाशित : 22 August, 2017

प्रतिक्रिया दिनुहोस्