केपी ओली प्रचण्ड माधव नेपाल एमाले


३३ किलो सुनका मुख्य आरोपी पन्थ दुवईमा प्रक्राउ, दुवई प्रहरीसँगको समन्वयमा नेपाल ल्याइयो

सहयात्रा टिभी

काठमाडौ । ३३ किलो सुनकाण्डका मुख्य आरोपी राजनप्रसाद पन्थ प्रक्राउ परेका छन् । विमानस्थल बाहिर समातिएको ३३ किलो सुनका मूख्य अरोपी राजनप्रसाद पन्थलाई प्रहरीले नेपाल ल्याउन सफल भएको हो । नेपाल प्रहरीको ईन्टरपोल महाशाखाले दुवई प्रहरीसँग समन्वय गरेर पन्थलाई नेपाल झिकाएको हो । पन्थले दुवईमा बसेर सुनको कारोबार गर्दै आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को दावी छ। सोमबार दुवई हुँदै काठमाडौं विमानस्थलमा ओर्लिएका पन्थलाई प्रहरीले नियन्त्रणमा लिई अदालतमा हाजिर गराउने तयारी गरेको छ।


गत पुस २१ गते केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बिमानस्थलबाट बाहिरिएको ३३ किलो ५७७.४० ग्राम सुन सहित गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्लेलाई प्रक्राउ गरेको थियो । अदालतले पन्थ लगायतलाई अदालतमा आफैं उपस्थित हुन पूर्जी जारिगरेको थियो।

प्रकाशित : 22 August, 2017

प्रतिक्रिया दिनुहोस्