प्रधानमन्त्री देउवा र भारतीय राष्ट्रपति तथा उपराष्ट्रपतिविच भेटवार्ता
सहयात्रा टिभी
काठमाडौं । भारतको पाँचदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय राष्ट्रपति रामनाथ कोविन्दविच बिहीबार बेलुका शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र भारतीय राष्ट्रपति विच बुधबार नयाँदिल्लीमा भएको भेटका क्रममा नेपाल भारत द्विपक्षीय हितका विभिन्न विषयमा विचारविमर्श भएको थियो ।
यसैगरी, बिहीबार बेलुका नै प्रधानमन्त्री देउवा र भारतका उपराष्ट्रपति वेंकैया नायडुसँँग पनि शिष्टाचार भेटघाट भएको थियो ।