केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मिथिला क्षेत्रमा चौरचन पर्व मनाइँदै

सहयात्रा टिभी

महोत्तरी । हिन्दू महिलाले तीज व्रत समापन गरेसँगै महोत्तरीसहितका मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदैछ । भाद्र शुक्लपक्षको चौथीका दिन मनाइने यो पर्व व्रतालुले आज दिनभरि निराहार व्रत बसेर साँझ चन्द्र दर्शन गरेर सम्पन्न गर्नेछन् । खासगरी घरमूली महिला चौरचन व्रत बस्ने मैथिली परम्परा छ । हिन्दू परम्परामा भाद्र शुक्लपक्षको चन्द्रमा दोषपूर्ण मानिने हुनाले मिष्ठान्न परिकार र फलफूल डालीमा राखेर चन्द्रमा देखाएपछि दोष मेटिने मैथिल हिन्दू बताउँछन् ।  भाद्र शुक्लपक्षको चौथीका दिन विशेष विधिपूर्वक चन्द्रमालाई फलफूल र मिष्टान्न परिकार देखाएर यो व्रत बस्दा अनाहक दोषबाट बचिने जनविश्वास छ ।

यस पर्वका लागि घरको आँगनबीचमा लिपेर बनाइएको शुद्ध वेदीमा चन्द्रमालाई अघ्र्य दिइन्छ । साँझ चन्द्रमालाई खिर, पुरीसहितका मिष्ठान्न परिकार, दही, केराका घरी र अन्य फलफूल देखाएर अघ्र्य दिएपछि यो पर्व समापन गरिन्छ । चौरचन पर्वमा इष्टजनलाई आँगनमा बनाइएको शुद्ध वेदीभित्र बसाएर प्रसाद ख्वाइने गरिन्छ । सबै जाति समुदायले मनाउने यो मिथिलाको मुख्य पर्वमध्ये मानिने गरेको छ । रासस

प्रकाशित : 25 August, 2017

प्रतिक्रिया दिनुहोस्