केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अदालतद्धारा भारतीय धर्मगुरु गुरुमित रामरहिम सिंह बलात्कारी ठहर, हिंसात्मक प्रदर्शन हुदां २८ को मृत्यु, २५० घाइते

सहयात्रा टिभी

काठमाडौं । भारतका धर्मगुरु गुरुमित रामरहिम सिंहलाई विशेष अदालतले बलात्कार मुद्दामा दोषि ठहर गरेको छ । हरियाणाको धार्मिक संगठन डेरा सच्चा सौदाका प्रमुखसमेत रहेका गुरुमित रामरहिम सिंहमाथि हत्या, बलात्कार तथा जवर्जस्ती परिवार नियोजन गराएको आरोप लागेको थियो । अदालतले उनलाई दोषि ठहर गरेपछि हरियाणा, दिल्ली, पञ्जाव र उत्तर प्रदेशका विभिन्न ठाउँमा हिंसात्मक प्रदर्शन हुदां हालसम्म २८ जनाको ज्यान गएको छ भने र्२ सय ५० जना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पञ्चकुला विशेष अदालतले उनीलाई बलात्कार मुद्दामा दोषि ठहर गरेको हो । अदालतले सजाय भने आउँदो सोमबार सुनाउने छ । प्रदर्शनकारीले सञ्चार माध्यमका प्रत्यक्ष प्रसारण गरिरहेका गाडीमा समेत तोडफोड र आगजनी गरेका थिए । त्यतिञ्जेलसम्मका लागि उनलाई सैनिक हिरासतमा पठाइएको छ ।

प्रकाशित : 25 August, 2017

प्रतिक्रिया दिनुहोस्