केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अन्ततः दर्ता भयो राप्रपा (प्रजातान्त्रिक)

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले छुुट्टै दलको मान्यता पाएको छ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाई बुधबार दलको मान्यता दिएको हो । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाई छुट्टै दलको मान्यता दिन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको अन्तरिम आदेश अनुसार आयोगले दल दर्ता गरेको हो ।

प्रस्तावित राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणासहित ले दिएको रिटमाथि न्यायाधीश तेजबहादुर केसीको इजलासले सोमबार दल दर्ता गर्न आदेश दिएको थियो । २२ साउनमा राणाले बुझाएको हस्ताक्षरलाई नै आधिकारिक मानेर अन्य कानुनी प्रक्रिया अपनाई दल दर्ता र चुनाव चिह्न सम्बन्धमा आवश्यक निर्णय गर्न भनिएको थियो । राणाले आयोगमा ६४ केन्द्रीय सदस्यको हस्ताक्षरसहित निवेदन दिएकोमा आयोगले ती सवै हस्ताक्षर सनाखत गर्नुपर्ने भन्दै भदौ ४ गतेसम्मको अवधि दिएको थियो ।

प्रकाशित : 25 August, 2017

प्रतिक्रिया दिनुहोस्