केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टाउको र छातीको हड्डी भाँचिएको अवस्थामा फेला परेका वडाअध्यक्षको निधन

सहयात्रा टिभी

काभ्रे । धुलिखेल नगरपालिका वडा नं २ का वडा अध्यक्ष राजन कोइरालाको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको छ । कोइराला भदौ ४ गते  सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गरेर घर फर्कंदै गर्दा घर नजिकैको छापाखोल्सा नजिक अचेत अवस्थामा भेटिएका थिए ।

कोइरालाको टाउको र छातीको हड्डी भाँचिएको उपचारमा संलग्न चिकित्सक डा. जेमेश महर्जनले जानकारी दिएका छन् । घटना शंकास्पद भएकोले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित : 26 August, 2017

प्रतिक्रिया दिनुहोस्