केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘बलात्कारी’ बाबा गुरमीत राम रहीमको पछाडि समर्थकको भिडको रहस्य के हुन सक्छ ?

सहयात्रा टिभी

काठमाडौं । भारत हरियाणाको पंचकुला विशेष अदालतले डेरा सच्चा सौदाका प्रमुख गुरमीत राम रहीमलाई बलात्कार मामलमा दोषी ठहर गरेपछि उनका समर्थकले गरेको हिंसात्मक प्रदर्शनमा ३१ जनाको ज्यान गएको छ ।

आखिर के कारण छ त अदालतले दोषी ठहराएपछि पनि उनको पछाडि हजारौँ मान्छे छन् । उनले गल्ती गरे भनेर मान्न तयार नै छैनन् उनका समर्थक । पहिलो कारण यो हो कि जब मानिसको इच्छा आकांक्षा पूरा हुँदैन, उनीहरु डेरा सच्चा सौदाजस्तो आश्रमको शरणमा पुग्दछन् । सन् १९४८ मा संत शाह मस्तानाले स्थापना गरेको डेरा सच्चा सौदामा पनि मानिसहरु आफ्ना काममा असफल भएपछि जाने गर्दथे ।

यस आश्रमका अहिलेका प्रमुख रहिमले उनीहरुको समस्याको समाधान गरिदिन सक्छन् भन्ने धेरैलाई विश्वास थियो । अर्काे कुरा यस्ता आश्रमका सञ्चालक तथा प्रमुखलाई सुपरम्यान वा सुपर ह्युमन बिइंग नै मान्ने गरिन्छ । यस्ता बाबाहरुका अनुयायीलाई लाग्दछ कि उनीहरुबाट गल्ती नै हुन सक्दैन । त्यति मात्रै हो र उनीहरुको गल्तीको बारेमा सोच्नु पनि पाप झैँ लाग्छ ती अनुयायीलाई । त्यसैले त प्रशासनिक कारबाहीमा पर्ने बित्तिकै ठूलो संख्यामा ताण्डब मच्चाउन आइपुग्छन् । अनि उनीहरुको निशानामा पर्छन् मिडिया, सार्वजनिक सम्पत्ति र सर्वसाधरण ।

त्यस्ता बाबाका अनुयायीलाई लाग्छ कि बाबामाथि लागेको आरोप केवल बाबामाथिको मात्रै होइन, त्यो त हाम्रो समाजलाई नै लागेको आरोप हो । त्यसैले उनीहरु त्यो आरोपबाट समाज र त्यस्ता आश्रम बचाउनका लागि जस्तोसुकै कदम पनि चाल्दछन् ।

जब मानिस आफ्ना समस्या समाधान भइरहेको हुँदैन, तब धार्मिक र आध्यात्मिक बाटोको खोजी गर्दछन् । त्यसैले उनीहरु यस्ता आश्रमको शरणमा पुग्दछन् । यस्ता आश्रमहरु व्यापारिक घरानाको रुपमा विकसित भइरहेका छन् । यस्तै आश्रमले विद्यालय, संस्थान, क्यान्टिनलगायतका व्यापार गरिरहेका हुन्छन् । धर्म र अध्यात्मको नाममा व्यापार गरिरहेका छन् । कैयौँ ठाउँमा आश्रमका मानिसले त्यस वरपर रहेका टोलमा पानी, बिजुलीका समस्या हल गरिदिन्छन् ।

कतिपय ठाउँमा जुन काम राज्यले गर्दिनुपथ्र्याे, सरकारले गर्दिनुपथ्र्याे, नागरिक समाजले गर्नुपथ्र्याे, त्यही कामका लागि मानिसहरु आश्रमको शरणमा पुग्नु परिरहेको छ । त्यसैले पनि आश्रममाथि मानिसहरुको औधी विश्वास रहेको छ ।

यो अवस्था आउनुमा हामी सबै जिम्मेवार छौँ । कसैले पनि लोकतन्त्रलाई लोकतान्त्रिक बनाउन प्रयास गरेन । यसमा राजनीतिक दल र नेता पनि जिम्मेवार छन् । सामाजिक कार्यको नाममा अवैध धन्दा चलाइरहेका हुन्छन् । अनि आफ्ना समस्या समाधान गरिदिएकाले त्यस्ता व्यक्ति र संस्थाप्रति अगाध आस्था राख्ने जमातको संख्या ठूलो हुन्छ । अनि उनीहरुको गल्ती र अपराधलाई अनुयायी मान्नै तयार हुँदैनन् ।

स्रोत बिबिसी हिन्दी

प्रकाशित : 26 August, 2017

प्रतिक्रिया दिनुहोस्