केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यू-१९ को एसियाली क्रिकेटका लागि नेपाली टोलीको घोषणा

सहयात्रा टिभी

काठमाडौं । मलेसियामा आउँदो सेप्टेम्बरमा हुने एसीसी यू-१९ एसिया कप (पूर्वी क्षेत्र) का लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोदकुमार दास रहेको छनौट समितिले प्रारम्भिक टोलीमा परेका खेलाडीबाट चार वैकल्पिकसहित १८ सदस्यीय टोली घोषणा भएको हो । टोलीमा कप्तानीको जिम्मेबारी दीपेन्द्र सिंह ऐरीले पाएका छन् । यसअघि सन्दीप लामिछाने कप्तान थिए ।

टोलीमा को को परे ?
१) दिपेन्द्रसिंह ऐरी (कप्तान)
२) सन्दिप लामिछाने३) मोहम्मद असिफ शेख
४) सन्दिप सुनार
५) प्रनित थापा मगर
६) पवन सराफ
७) अनिलकुमार साह
८) रोहितकुमार पौडेल
९) किशोर महतो
१०) शाहब आलम
११) नन्दन यादव
१२) बिक्रमकुमार भुषाल
१३) सन्दिप जोरा
१४) सुमित महर्जन

वैकल्पिक खेलाडी
१) कमल सिंह ऐरी
२) ललित नारायण राजवंशी
३) प्रकाश केसी
४) रिजन ढकाल

प्रतियोगिताका लागि प्रारम्भिक टोलीमा परेका खेलाडीको बन्द प्रशिक्षणपछि अन्तिम टोली घोषणा गरिएको हो । नेपाली टोली आउँदो सेप्टेम्बर ८ मा मलेसिया प्रस्थान गर्नेछ । आठ देश सहभागी रहने प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । नेपाल रहेको समूहमा सिंगापुर, थाइल्याण्ड र भुटान छन् । यस्तै समूह बी मा आयोजक मलेसियासहित हङकङ, चीन र म्यानमार छन् ।

प्रकाशित : 27 August, 2017

प्रतिक्रिया दिनुहोस्