केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अध्यक्ष र सदस्यबीचको विवादका कारण गाउँसभा नै स्थगित

सहयात्रा टिभी

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाको ५ नम्बर वडामा पहिलो गाउँसभा स्थगित भएको छ । वडा अध्यक्ष र सदस्यहरुबीच योजना छनौटमा भएको विवाद भएका कारण गाउँपरिषद स्थगित भएको हो । उक्त वडाका अध्यक्ष शोभाखर भुषाल र चारजना वडा सदस्यले छुट्टाछुट्टै योजना गाउँपालिकामा पेश भएको हुँदा दुवै पक्षलाई मिलेर योजना ल्याउन आग्रह गर्दै केही समयका लागि बजेट बिनियोजनको पाटोलाई स्थगित गरिएको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताएका छन् । गाउँपालिकाका ९ वटा वडामा ८० लाख बजेट दिने निर्णय समेत भएको छ ।

प्रकाशित : 28 August, 2017

प्रतिक्रिया दिनुहोस्