केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दुगड फुड्समा म्याद नाघेका बस्तु प्रयोग गरी फ्रुटी बनाइएको भेटिएपछि गोदाममा शिल

सहयात्रा टिभी

काठमाडौं । दुगड ग्रुपको फ्रुटी गोदाममा अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रशाशन कार्यालयको संयुक्त अनुगमन टोलीले आज छापा मारेको छ । सो टोलीले दुगडको सतुंगलस्थित फ्रुटी गोदाममा छापा मारी शिल गरेको हो ।

म्याद सकिएको कच्चा पदार्थ फ्रुटीमा मिसाएको गोप्य सूचनाका आधारमा प्रहरीले छापा हानेको हो। गोदाममा छापा मार्दा म्याद नाघेका बस्तु प्रयोग गरी फ्रुटी बनाइएको भेटिएपछि उक्त गोदाम शिल गरिएको अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ ।

 

प्रकाशित : 28 August, 2017

प्रतिक्रिया दिनुहोस्