केपी ओली प्रचण्ड माधव नेपाल एमाले


खुट्टाले हवाइजहाज चलाउने महिला पाइलट : नेपाल आउदै (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौ । संसारमा यस्ता विचित्र खालका जो पत्याउनै नसकिने चामत्कारीक घटनाहरु पनि भईुरहेका हुन्छन्, ति सवै कुरा थाहा पाउन सजिलो माध्यम वनेको छ संचार माध्यम । यस्तै चामत्कारीक घटनाक्रम मध्ये खुट्टाले लेखेको, खुट्टाले अन्य काम गरेको त सुनिएकै थियो । अव त हुदाँ हुदाँ खुट्टालेनै जहाज चलाउने भन्ने सुन्दा हामी जो कोहीलाई पत्याउनै गाह्रो पर्छ । हो अमेरिकामा जन्मिएकी जेसिकाले जहाजका ककपिटमा हातले होईन खुट्टाले जहाज चलाउछिन् ।

जेसिका कक्स जहाज उडाउन र साहसिक खेल खेल्न पनि सक्छिन । यसरी नै उनले आफ्नो नाम उचो वनाउन सफल भएकी छन् । ३४ बर्षीया जेसिका कक्स तेक्वाण्डेकी ब्लाकवेल्ट होल्डर समेत हुन । खुट्टाले हवाई जहाज चलाउने पहिलो महिलाको रुपमा कक्सले गिनिज बुकमा नाम लेखाएकी छन् । यस्ती साहसिक महिला चार दिनपछि नेपाल भ्रमणमा आउँदैछिन् ।

ह्याण्डीक्याप इन्टरनेशनलकी सदभावना राजदूतको रुपमा कक्स भदौ १६ गतेदेखि २१ गतेसम्म नेपाल भ्रमणमा आउन लागेकी हुन । उनी हात विहिन शरिर लिएर जन्मिएकी थिइन ।

कक्सले १४ बर्षको उमेरमा तेक्वाण्डोमा ब्ल्याक वेल्ट पाएकी हुन । अरिजोना बिश्लबिद्यालयबाट सन २००५ मा मनोबिज्ञानमा स्नातक गरेकी कक्स पाइलट बन्न सफल भएकी छन् । उनी सन २००८ मा पाइलट बनेकी हुन ।

प्रकाशित : 28 August, 2017

प्रतिक्रिया दिनुहोस्