केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुदूरपश्चिम र मध्यपश्चिममा सुरु भयो ‘गौरा पर्व’

सहयात्रा टिभी

काठमाडौं । भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्व उमामहेश्वरसहित दुवोको पूजा गरेर मंगलबार सुदूरपश्चिम र मध्यपश्चिमका बासिन्दाले मनाउँदैछन् । महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान प्राप्ति र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको हो । आज भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर यो पर्व मनाउने गरिन्छ । पौराणिककालमा भगवान् महेश्वर प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार व्रत बसी आराधना गरेकाले मनोकाङ्क्षा पूरा भई विवाहसमेत भएको सम्झानास्वरुप यो पर्व मनाउने हो । सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जंगल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको हो ।


सुदूरपश्चिम र मध्यपश्चिमका केही जिल्ला तथा भारतको कुमाउमा परापूर्वकालदेखि मनाउँदै आएको यो पर्वको पहिलो दिन आज घर घरमा महिलाले निराहार व्रत बसी तामाका भाँडामा बिरुडा ९मास, गहत, केराउ, गहुँ गुरुस० भिजाएर पर्व सुरु गरिने स्थानीयवासी पण्डित दयाकृष्ण पन्त बताउँछन् । सुदूरपश्चिम र मध्यपश्चिमका केही जिल्ला तथा भारतको कुमाउमा परापूर्वकालदेखि मनाउँदै आएको यो पर्वको पहिलो दिन आज घर घरमा महिलाले निराहार व्रत बसी तामाका भाँडामा बिरुडा ९मास, गहत, केराउ, गहुँ गुरुस० भिजाएर पर्व सुरु गरिने स्थानीयवासी पण्डित दयाकृष्ण पन्त बताउँछन् । गौरा पर्वको प्रमुख आकर्षण देउडा हो । देउडामा पौराणिक कथा देवीदेवताका गाथालाई गीतका रुपमा गाउनुका साथै सामाजिक विकृतिविरुद्ध पनि तिखो व्यङ्ग्य गरिन्छ ।

 

प्रकाशित : 29 August, 2017

प्रतिक्रिया दिनुहोस्