केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले नेता विष्टमाथी राजपा कार्यकर्ताद्धारा चप्पल प्रहार

सहयात्रा टिभी

जनकपुर । जनकपुरमा नेकपा एमालेका सचिव गोकर्ण विष्टलाई राजपा नेपालका कार्यकर्ताले चप्पल प्रहार गरेका छन् । एमाले सचिव विष्टलाई लक्षित गरी राजपा कार्यकर्ताले दुव्र्यवहार गरेका हुन् । जनकपुरको पीडारी चोक नजिक जानकी बाटिका होटेलमा मंगलबार भएको एमालेको प्रदेश नं. २ को चुनावी भेलामा सहभागी भएर फर्कने क्रममा नेता विष्टलाई लक्षित गर्दै प्रदर्शनमा रहेका राजपाका कार्यकर्ताले चप्पल प्रहार गरेका थिए ।

एमाले मधेस विरोधी पार्टी भएको भन्दै एमालेले आयोजना गरेको भेला विथोल्न राजपा नेपालका नेता कार्यकर्ताले कार्यक्रमस्थल घेराउ गरि प्रदर्शन गरिरहेका वेला उनीमाथी दुव्र्यवहार भएको हो ।

प्रकाशित : 29 August, 2017

प्रतिक्रिया दिनुहोस्